सिन्धुपाल्चोक बाढी: एक जनाको शव भीमटारमा फेला, बेपत्ता ६ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक बाढी: एक जनाको शव भीमटारमा फेला, बेपत्ता ६ जनाको पहिचान खुल्यो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकमा बाढीले वेपत्ता बनाएकामध्ये एक जनाको शव फेला परेको छ। इन्द्रावती गाउँपालिकाको भीमटार क्षेत्रमा एक जनाको शव फेला परेको घटनास्थलमा खटिएका डिएसपी प्रकाश सापकोटाले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले दिएको जानकारी अनुसार बेपत्ता भएकामध्ये ६ जनाको पहिचान खुलेको छ। जस मध्ये माधव भण्डारी, ज्योति विसी, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल र च्यामा तामाङ बेपत्ता भएको जनाएको छ। नाम खुलाइए पनि ठेगाना भने खुल्न बाँकी छ।

च्यामा तामाङकी श्रीमती पनि बेपत्ता भएको तर उनको पहिचान खुल्न  नसकेको बताइएको छ।

Logo