सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रमा जाँदै

सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रमा जाँदै

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा जाँदैछन्। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले आज बिहान स्थलमार्गबाट बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रमा जाने भएको बताए।

विपदमा परेर दुःखी नागरिकलाई सान्त्वना दिन, उद्धार कार्यमा सहभागी हुन र त्यसपछि राहतका काममा सरिक हुन सभामुख बाढी प्रभावित क्षेत्रमा जाने भएको न्यौपानेले बताए।

सिन्धुपाल्चोक सभामुख सापकोटाको गृह जिल्ला पनि हो। बर्सेनी सिन्धुपाल्चोक बाढी र पहिरोबाट प्रताडित हुँदै आएको छ। 

२०७२ मा भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला पनि सिन्धुपाल्चोक नै हो। 

सापकोटा, विपदमा परेकाहरूको उद्धार र राहत जुटाउने कार्यमा हरेक वर्ष सरिक हुँदै आएका छन्।

Logo