नेपाल एसियन कप-२०२३ छनोटको तेस्रो चरणमा प्रवेश

नेपाल एसियन कप-२०२३ छनोटको तेस्रो चरणमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेपाल चीनमा आयोजना हुने एसियन कप–२०२३ छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो ।

एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्लेअफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो ।

यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्लेअफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमका कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ । 

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्लेअफ खेल्नेछन् । प्लेअफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् । प्लेअफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन्।

Logo