सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको पहिरो र बाढीमा परी बेपत्ता हुनेकाे संख्या २० पुगेकाे छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार परिवार र आफन्तकाे सम्पर्कमा नरहेकाकाे संख्या २० पुगेकाे हाे । साथै १६ घर पूर्णरूपमा क्षति भएको, दुईवटा मोटरेबल पुल र ५ वटा झोलुङ्गे पुलमा क्षति भएको पनि सहायक प्रजिअ खनालले बताए ।
यस्तै, बाढी प्रभावित क्षेत्रका नागरिकका लागि गृह मन्त्रालयले तत्कालका लागि राहत सामग्री पठाएको छ । गृहका प्रवक्ता जनकराज दाहालले २५० वटा त्रिपाल, १०० वटा टेण्ट र ५० वटा स्लिपिङ ब्याग पठाइएको जानकारी दिए ।





























प्रतिक्रिया