सर्जियो रामोसले स्पेनिस क्लब रियल मड्रिड छोड्ने भएका छन् । रियल मड्रिडले आफ्नो टिमका लामो समयदेखिका कप्तान रामोसको विदाई पत्रकार सम्मेलन नेपाली समय अनुसार बिहीबार ४ः१५ मा गर्दैछ।
रियल मड्रिडलाई पाँच पटक स्पेनिस ला लिगा तथा चार पटक च्याम्पियन्स लिग फुटबल जिताएका रामोस १६ वर्षको यात्रापछि क्लबबाट बिदा हुने भएका हुन्।
रामोस सन् २००५ मा सेभिल्लाबाट रियल मड्रिडमा आएका थिए। त्यसयता उनले मड्रिडका लागि ६७१ खेलमा १०१ गोल गरे।
रियल मड्रिडसँग रामोसले गरेको सम्झौता जुन ३० मा सकिनै लाग्दा उनी बिदा हुने भएका हुन्। यस अघि रियल मड्रिडले उनलाई पारिश्रमिकमा १० प्रतिशत कटौति गरेर एक वर्षका लागि सम्झौता थप गर्न खोजेको थियो, तर उनी दुई वर्षभन्दा बढी समयका लागि सम्झौताको पक्षमा थिए।





























प्रतिक्रिया