सिन्धुपाल्चोक बाढीः सुनकोशीमा तीन शव फेला

सिन्धुपाल्चोक बाढीः सुनकोशीमा तीन शव फेला

केन्द्रबिन्दु
0
Shares

सुनकोशी नदी अन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । बुधबार साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी–६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका–६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन्।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए। सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए।रासस

Logo