चीनले आफ्नो नयाँ अन्तरिक्ष केन्द्रतर्फ रकेट पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान उक्त केन्द्रतर्फ पठाएको हो ।
उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो । तीन यात्रीहरुले नयाँ अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् र उनीहरुले त्यहाँ अन्तरिक्ष केन्द्रको निर्माण सम्बन्धी काम गर्ने सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अन्तरिक्ष यात्रीहरु नी हेशेङ्ग, लियू बोमिङ्ग र ताङ्ग होङ्गबोले अन्तरिक्ष यात्रा सुरु गरेका हुन् । उनीहरुले पृथ्वीबाट ३८० किलोमिटर पर रहेको अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् ।
चीनले पछिल्लो समय आफ्नो अन्तरिक्ष क्षमता बिस्तार गर्दै लगेको छ । पछिल्लो ६ महिनामा चीनले चन्द्रमाको सतहबाट माटो र ढुंगाको नमूना ल्याउन सफल भएको छ । यस्तै मंगल ग्रहको सतहमा ६ चक्के रकेट अवतरण गर्न पनि चीन सफल भएको छ ।





























प्रतिक्रिया