डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिने भएको छ।
डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले एरिक्सनको शरीरमा आइसिडी जडान गरिने बताएका हुन् । पटक पटक गरिएको मुटुको परीक्षणपछि एरिक्सनको शरीरमा आइसिडी जोड्न लागिएको उनले बताएका छन् ।
युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका एरिक्सनको मुटुको गति नियन्त्रण गर्न आइसिडी प्रत्यारोपण गर्न लागिएको हो । शनिबार राति फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए ।
इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । तर, अहिले उनी ठिक भइसकेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफू ठिक रहेको बताएका छन् ।
एरिक्सनका पूर्व सहकर्मी तथा डेनमार्कका डेली ब्लाइन्डले समेत २०१९ मा आइसिडी जडान गरेका थिए । उनी युरो खेल्ने टिममा रहेका छन् ।





























प्रतिक्रिया