जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोग जाँदैछ।
अध्यक्ष यादव पक्षको बहुमत रहेको जसपाको कार्यकारिणी बैठकले पुनः आयोगमा गएर पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो।
सोही आधारमा आज यादव पक्ष आयोगमा गएर निवेदन दिन लागेको हो।
जसपाका नेताहरु दिउँसो २ बजे आयोगमा पुगेर पार्टीको नाम, चुनाव चिन्ह, छाप, निर्णयको आधिकारिकताका लागि बहुमत कार्यकारिणीको हस्ताक्षरसहित निवेदन दिने तयारी गरेका हुन्।
जसपाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न लागेको हो।































प्रतिक्रिया