अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
अर्जेन्टिनाले नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि गुइडोलाई मेस्सीले सहयोग गरेका हुन् ।
पहिलो खेलमा चिले र अर्जेन्टिनाले १–१ को बराबरी खेलेका थिए । उरुग्वेको भने यो पहिलो खेल हो । पहिलो खेलमै उ पराजित भएको छ ।





























प्रतिक्रिया