फ्रान्स हंगेरीसँग बराबरीमा रोकियो

फ्रान्स हंगेरीसँग बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

फ्रान्स जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकिएको छ। शनिबार हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलमा फ्रान्स हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६६ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा फर्काएर हारबाट जोगिएका थिए।

यस बराबरीसँगै समूह एफको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो ।  

हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएको थियो । 

Logo