भेमाथाङमा गएको पहिरोले हेलम्बुका अझै २३ जना बेपत्ता

भेमाथाङमा गएको पहिरोले हेलम्बुका अझै २३ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

हेलम्बु गाउँपालिकाले असार १ गते साँझ मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ। 

गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र त्यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन्। ती मध्ये   मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत छन्। गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ। 

एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम  रहेको जनाउँदै उच्च साबधानी तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ।

Logo