इब्राहिम रइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । रइसी इरानको १३औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
रइसीले आगामी अगष्टको सुरुआतमा शपथ लिने छन् । इरानमा अयातुल्लाह खामिनी सर्वोच्च नेता छन् । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपतिलाई मुख्य निर्णायक मानिन्छ ।
बीबीसीका अनुसार रइसीलाई खामिनीको विश्वास प्राप्त भएको र उनलाई खामिनीको उत्तराधिकारीका रूपमा हेरिएको छ । रइसीले आफूलाई विजयी गराएकोमा नागरिकहरूलाई धन्यवाद दिएका छन् ।
साथै रइसीले आफूप्रति गरिएको विश्वासमा खरो उत्रने पनि बताएका छन् । रइसीले वर्तमान इरानी राष्ट्रपति हसन रुहानीसँग भेट गरेका छन् ।





























प्रतिक्रिया