पूर्वसञ्चार राज्यमन्त्री विष्टको मृत्यु

पूर्वसञ्चार राज्यमन्त्री विष्टको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टको मृत्यु भएको छ ।

नेता विष्टको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै मृत्यु भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले उल्लेख गरेका छन् । नेता विष्टको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

कोरोना पुष्टि भएपछि उनको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापतिसमेत रहेका विष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए । 

Logo