गृहमन्त्री खगराज अधिकारीले विपत व्यवस्थापन, कोभिड १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग छलफल गरेका छन्।
मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतयारी र यसको व्यवस्थापनको सम्बन्धमा, शान्ति सुरक्षा र कोभिड–१९ को व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि छलफल गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए।
छलफलका क्रममा मन्त्रीहरुले विपत प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र छिटो उद्धार गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेको उनले जानकारी दिए। प्राप्त सुझावहरुलाई ध्यानमा राखेर प्रभावकारी कार्यान्वयन गर्ने र समन्वयलाई बढाउनेगरी छलफल केन्द्रीत भएको पनि उनले बताए।
छलफलका क्रममा गृह मन्त्रालयको विपत समन्वय महाशाखा र विपत व्यवस्थापन प्राधिकरणको तर्फबाट विपत व्यवस्थापन र प्रतिकार्य योजनाको सम्बन्धमा प्रस्तुती राखिएको पनि उनले जानकारी दिए।





























प्रतिक्रिया