महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंले ‘अभियान्ता’ भनिएका तीन जनालाई पक्राउ गरेको छ।
टेकुका प्रवक्ता तथा प्रहरी उपरीक्षक रमेश बस्नेतले ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाईबालाई पक्राउ गरिएको बताए। उनका अनुसार पक्राउ परेका उनीहरू प्रहरी हिरासतमा छन्।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरूविरुद्ध कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको कसूरमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ।
उनीहरूले गएको जेठ १६ गते गौशाला प्रहरी वृत्तको हिरासतमै खुस्बुमाथि कुटपिट गरेकी थिइन्।





























प्रतिक्रिया