काठमाडौं उपत्यकामा आज १ हजार ४१६ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार ४१६ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १ हजार ४१६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार १४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ३३ हजार ७४२, ललितपुरमा ४ हजार ७१४ र भक्तपुरमा ३ हजार ३६२ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ४१ हजार ८०८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । आज मात्र २२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५पुगेको छ । आज २ हजार ७१ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५५२ छ ।

आजको पिसिआर परीक्षण १२ हजार ४२७ रहेको छ । आज ३१ हजार ३१५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo