कोरोना महामारीको दोस्रो लहर नेपाल तिब्ररुपमा फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको थियो। अहिले पनि जारी नै रहेको छ। तर केही खुकुलो भएको छ।
निषेधाज्ञाकै कारण बन्द भएको राइड सेयरिङ सेवा टुटल र पठाओ आजदेखि सञ्चालनमा आउने भएको छ। आज रातिबाट नियमितरुपमा राइड सेयरिङ सेवाहरु दिने कम्पनी टुटल र पठाओले नियमित सेवा दिने तयारी थालेका जनाएका छन्।
उपत्यकामा निजी सवारीलाई जोर–बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै उनीहरुले पनि जोर–बिजाेर प्रणालीलाई पालना गरेर राइडिङ सेयर गर्ने एपहरु सेवा सुरु गर्ने जनाएका छन्।
नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थाल्ने जनाएको छ। राइडरले मापदण्ड अनुसार सेवा दिने टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए।
‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।
पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहनेहरूलाई नियमित सेवा दिने बताएको छ। यसका लागि पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ।































प्रतिक्रिया