म्यासेडोनियालाई पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता

म्यासेडोनियालाई पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो।

जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जीत दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे । यस्तै मेम्फिस डिपेले एक गोल थपे।  

जीतसँगै समूह सी को नेदरल्यान्ड्स शतप्रतिशत जीत निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड्यो । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको थियो।

नर्थ म्यासेडोनिया भने समूह चरणबाटै बाहिरिएको छ। समूहको पुछारमा रहेको म्यासेडोनियाले अंक जोड्न सकेन। पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको म्यासेडोनिया दोस्रो खेलमा युक्रेनसँग २–१ ले पराजित भएको थियो।

Logo