५० खेलाडी राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा

५० खेलाडी राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा

केन्द्रबिन्दु
0
Shares

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन्। केही दिन अघि मात्र नेपाल फर्किएका प्रशिक्षक अलमुताइरीले मंगलबार ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। नेपालले १ जुलाई  (असार १७) गते बाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ।

एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणमा सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका गरि प्रशिक्षण गराइने पनि एन्फाले जनाएको छ । विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणको बाँकी खेल खेलेर कुवेतबाट स्वदेश फर्किएका नेपाली टिम विश्राममा रहेका छन्।

छनोटको समूह बी मा रहेको नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्न असफल भएको थियो । दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । तर, एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले परिमार्जन गरेको छनोटको नयाँ नियमसँगै नेपालले सिधै एसियन कपको तेस्रो चरण खेल्ने मौका पाएको थियो। यस अघि चौंथो स्थानमा रहेको टिमले प्लेअफ खेल्नु पर्ने नियम रहेको थियो। 

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, अर्पण कार्की, विकेश कुथु, विशाल सुनार, तेज तामाङ, त्रिदेभ गुरुङ, नवयुग श्रेष्ठ, सुमन लामा, सुनिल बल, रजिन धिमाल, प्रकाश बुढाथोकी, अन्जन विष्ट, अभिषेक रिजाल, आशिष लामा, अमित तामाङ, भरत खवास, अनन्त तामाङ, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, रोहित चन्द, सन्जोग राई छन्। 

यस्तै अन्य खेलाडीमा एरिक विष्ट, आयुष घलान, विवेक बस्नेत, डोना थापा, मनिष डाँगी, मिक्छेन तामाङ, जर्ज प्रिन्स कार्की, कमल थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, र राजिब लोप्चन, रन्दिप पौडेल, सुमन अर्याल, रवी पासवान, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ रहेका छन्।

Skip This
Skip This
Logo