काभ्रेमा आज ७८ जना निको भए, ४१ संक्रमित थपिए

काभ्रेमा आज ७८ जना निको भए, ४१ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज ४१ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ७८ रहेको छ। आज १ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ७३६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ७५० जना रहेको छ।

यस्तै निको हुनेको संख्या ९ हजार ८२२ र मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

Skip This
Skip This
Logo