निउरो टिप्न जाँदा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

निउरो टिप्न जाँदा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको  छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारी छिन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो। अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयवासीले प्रदर्शनसमेत गरेका थिए।  

साथै स्थानीयवासीले निकुञ्जको सौराहा सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो।

मंगलबार अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। चालु आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ। 

Skip This
Skip This
Logo