मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु

मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ। हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पहिले कोरोनाको सङ्क्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ। 

हेटौँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमित धेरै जना देखा परेका छन्। जिल्लाका अरू नौ स्थानीय तहमा भने कोरोना सङ्क्रमण हेटौँडाको तुलनामा कम रहेको छ। 

Skip This
Skip This
Logo