उच्च हिमाली जिल्लाका केही स्थानमा वर्षा

उच्च हिमाली जिल्लाका केही स्थानमा वर्षा

केन्द्रबिन्दु
0
Shares

देशभर आज बिहानैबाट मौसम परिवर्तन भइ काठमाडौं उपत्यकालगायत तराइका जिल्लाहरुमा हल्का घाम र कतै बदली भएको  राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै, उच्च हिमाली जिल्लाका केही स्थानमा भने वर्षा र हिमपातको सम्भावना कायम नै रहेको बताइएको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo