युरो कप : को को पुगे नकआउटमा ?

युरो कप : को को पुगे नकआउटमा ?

केन्द्रबिन्दु
0
Shares

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ । 

युरोपकबाट ८ टिमले बिदाइ पाएका छन् ।  ६ टिम रहेको समूहचरणको खेलमा आआफ्नो समूहको पुछारमा परेपछि टर्की, रसिया, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगेरी बाहिरिएका छन् । त्यसबाहेक तेस्रो स्थानमा आएका ६ टिममध्ये स्कोरको आधारमा स्लोभाकिया र फिनल्यान्ड पनि अघिल्लो चरण पुग्न पाएनन् ।

अन्तिम १६ मा पुग्ने टोली :

समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड

समूह बी : बेल्जियम र डेनमार्क 

समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन

समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक

समूह ई : स्वीडेन र स्पेन 

समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल 

Logo