काठमाडौं ।
यो साता कोरोनाबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघले जनाए अनुसार साउदी अरबमा १६ र युएईमा एकजनाको कोरोनाबाट मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार हालसम्म नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ ।
यो साता बेल्जियम, स्पेन, भारत, ओमान, नेदरल्याण्ड, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।
विदेशमा शनिबार साँझसम्म ४२ देशका ४० हजार ७३५ नेपाली कोरोना संक्रमित भएका छन् । त्यसमध्ये ३६ हजार ६७३ जना नेपालीहरु भने निको भएका छन् ।































प्रतिक्रिया