रिट निवेदक पक्षको सुरुवाती बहस शुक्रबार सकिने, २९ जनाले बहस गर्ने

रिट निवेदक पक्षको सुरुवाती बहस शुक्रबार सकिने, २९ जनाले बहस गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदकतर्फका २९ जना कानून व्यवसायीहरूले शुक्रबार बहस गर्ने भएका छन्। ३ देखि बढीमा ३० मिनेटसम्म उनीहरूले बहस गर्नेछन्।

त्यससँगै सुरुवाती बहस सकिने छ। रिटमाथि वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी र शतिकृष्ण खरेलले समान ३० मिनेट बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले २५, बाबुराम कुँवर र डा. भीमार्जुन आचार्यले २० मिनेटको दरले बहस गर्नेछन्।

२६ जेठमा संवैधानिक इजलासले रिट निवेदक पक्षका कानून व्यवसायीहरूलाई सुरुवाती बहसका लागि १२ घण्टा तय गरेको थियो।

जवाफी बहसका लागि ३ घण्टा तोकिएको छ। आगामी आइतबारदेखि भने रिट निवेदनको विपक्षीतर्फका वकिलहरूले बहस गर्ने भएका छन्।

Skip This
Skip This
Logo