ओली भिलेन हुन् भन्दै प्रचण्डले गरे आलोचना

ओली भिलेन हुन् भन्दै प्रचण्डले गरे आलोचना

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भिलेन’को संज्ञा दिएका छन्। उनले ओलीलाई भिलेन भन्दै आलोचना गरेका हुन्।

उनले पटक पटक प्रतिनिधिसभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेका भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन्।

उनले प्रधानमन्त्री ओलीका कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई धन्यबादसमेत दिएका छन्। प्रचण्डले केपी ओली भन्दा देउवा सयौं गुणा बामपन्थी रहेको भन्दै देउवाको प्रशंसासमेत गरेका छन्।

आज संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तक्रिया गर्दै उनले पाँच दलीय गठबन्धन अवसरवादी नभएको समेत बताए।

यो गठबन्धन अवसरवादी होइन। उनले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ प्रचण्डले भने।

यस्तै प्रचण्डले पाँच दलीय गठबन्धन दीर्घकालसम्म रहनेमा विश्वस्त हुन आग्रह गरेका छन्।

प्रचण्डले भने, ‘यो पाँच दलीय गठबन्धनबिना छलफल बनेको होइन। यो संविधानको रक्षा गर्ने र समय अनुकूल परिमार्जन लैजाँदै जाने भन्ने हो, लोकतन्त्रको मौलिक विषय रक्षा गर्नुपर्छ। राष्ट्रियताको रक्षाको लागि हो। यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन। यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो।’

उनले नेकपा एमाले र जसपा भित्रको संघर्ष अलि पेचिलो रहेको पनि बताए। यस्तै उनले एमसिसीको विषय ठूलो नभएको र छलफलबाटै टुंग्याइने बताएका छन्। अध्यक्ष प्रचण्डले अहिले नै नयाँ नेतृत्व फुत्त आउने नभई अहिले भइराखेका नेतालाई नै धोइपखाली गर्नुपर्ने बताए। 

उनले आफूहरू कुनै सेटिङमा नलागेको बरू सेटिङ भएका छन् भने त्यो तोड्ने पनि बताए। उनले संवैधानिक निकायहरूलाई सरकारले हस्तक्षेप गरी काम गर्न नसक्ने अवस्थामा पुर्याएको पनि आरोप लगाएका थिए।

Logo