कोपा अमेरिका कप अन्तर्गत समूह ए को खेलमा बोलिभियालाई पराजित गर्दै उरुग्वेले पहिलो जितसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोलीले २-० को जित दर्ता गरेको हो । यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको छ ।
उरुग्वेले ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि अर्जेन्टिनासँग १-० ले पराजित उरुग्वेले चिलीलाई १-१ को बराबरीमा रोकेको थियो । बोलिभिया भने लगातार तेस्रो हारसँगै अंक तालिकाको पुछारमा नै रहेको छ ।





























प्रतिक्रिया