सिंह, निधि र कोइरालाबीच भेटघाट, महाधिवेशनमा मिलेर जाने विषयमा छलफल

सिंह, निधि र कोइरालाबीच भेटघाट, महाधिवेशनमा मिलेर जाने विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताहरुले देशभरका कार्यकर्ताहरुले आफ्नो समन्वयको चाहना राखेकाले उनीहरुको चाहना अनुसार नै अघि बढ्ने बताएका छन्। आज भएको छलफलपछि बोल्दै तीन नेताहरुले देशभरका कार्यकर्ताको यही चाहना रहेको बताएका हुन्।

उनीहरुको यो मिलनले आगामी महाधिवेशनमा तीनै नेताहरु एउटै टिम बनाएर जान सक्ने संकेत गरेको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा आज छलफल भएको हो । 

छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले उक्त संकेत गरेका हुन्।
सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। हाम्रो पहलमा सबै खुसी छन्।’

पूर्वमहामन्त्री सिंहलाई अब तपाईंहरू एउटै टिम बनाएर जाने हो? भन्ने संञ्चारकर्मीको प्रश्नमा सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए। नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेताहरु निधि, सिंह र कोइराला तीनै नेता कांग्रेसका तीन हस्तीका छोराहरू हुन्।

महाधिवेशन सन्निकट बन्दै गएको बेला उनीहरु तीन जनाको समन्वयले समापति देउवालाई असर पर्ने देखिन्छ। किनकी निधि देउवाका विश्वास पात्र हुन। उपसभापति विमलेन्द्र निधि पनि अधिवेशनमा सभापति हत्याउने दौडमा छन्। 

Logo