कांग्रेस नेताहरुबीच दौडधुप, दियालो फुडल्याण्डमा पौडेल निकटको बैठक जारी

कांग्रेस नेताहरुबीच दौडधुप, दियालो फुडल्याण्डमा पौडेल निकटको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निकट केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ। बैठक दियालो फुडल्याण्ड बसुन्धरामा भइरहेको छ। पौडेलको सचिवालयका अनुसार बैठक साढे तीन बजेबाट सुरु भएको हो।

महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले शुक्रबार बैठक बेलाएका हुन्। कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि नेताहरुबीच दौडधुप सुरु भएको छ। १४औं महाधिवेशनमा फेरि सभापतिमाउम्मेदवारी दिने पौडेलको आकांक्षा छ।

नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बुझिएको छ। पौडेलले बोलाएको बैठकमा डा.शशांक कोइराला, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, डा.रामशरण महत, अर्जुननरसिंह केसी, गगनकुमार थापा, दिलेन्द्र बडु, प्रदिप पौडेल, कमला पन्त, कल्याण गुरुङ, हृदयराम थानी, जीवन परियार, बद्रि पाण्डे, धनराज गुरुङ लगायत काठमाडौंमा उपलब्ध पौडेल पक्षका केन्द्रीय सदस्यहरु उपस्थित रहेको सचिवालयले जनाएको छ।

डा.शशांक कोइराला यसअघि तीन नेताहरुको छलफल सकेर पौडेल निकट बैठकमा सहभागि भएका हुन्।

अर्कातिर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दोहोरिन तयारी तीव्र पारेका छन्। त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन्। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन भएको छ। अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ।
 

Skip This
Skip This
Logo