संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानको धारा ७६ अन्तर्गतको उपधाराहरूको परिकल्पना केपी ओलीलाई प्रधानमन्त्री बनाउन मात्रै नभएको तर्क गरेका छन्। तर, अहिले त्यस्तै भइरहेको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियतपूर्ण तरिकाले ७६ अन्तर्गतका उपधाराहरू ओलीलाई मात्रै बनाउन व्यवस्था गरिए जसरी व्यवहार गरेको उनको भनाइ छ।
उनले उपधारा ४ अनुसार ओलीले विश्वासको मत नलिएको र त्यो प्रक्रिया पूरा नगरी उपधारा ५ मा गएको र त्यसबेला प्रधानमन्त्री पदबाट राजीनामा नदिएको बताए।
राजीनामा नदिइकन उपधारा ५ मा ओली जान नमिल्ने उनको जिकिर छ। उनले १४९ जना सांसदको हस्ताक्षरसहितको समर्थन जुटाएर दावी पेस गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न माग पनि गरे।





























प्रतिक्रिया