गण्डकीका मुख्यमन्त्रीलाई मन्त्रालय टुंगो लगाउन चुनौती, मनाङे र आचार्य अझै बिनाविभागीय

गण्डकीका मुख्यमन्त्रीलाई मन्त्रालय टुंगो लगाउन चुनौती, मनाङे र आचार्य अझै बिनाविभागीय

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू भौतिक पूर्वाधार मन्त्रालय बाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने बताएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले कृष्णचन्द्र नेपाली पोखरेलले आज थप दुई प्रदेश सांसदलाई मन्त्रीको जिम्मेबारी थमाए तर, मुख्यमन्त्री पोखरेलले सुरुवात देखिनै बिना विभागीयकै हैसियतमा राखेका गुरुङलाई यसपटक पनि मन्त्रालय थमाएन् । किन मुख्यमन्त्री पोखरेलले तपाईंलाई मन्त्रालयको जिम्मेबारी दिनुभएन भन्ने केन्द्रबिन्दुको प्रश्नमा उनले छलफलमै रहेको जवाफ दिए।

उनले भने, जसपाका आचार्य र म सँगै क्याबिनेटमा जान्छौं, अहिले छलफल भइरहेको छ।

‘मुख्यमन्त्रीले मैले दाबी गरेको मन्त्रालय दिनु भएन भने म मुख्यमन्त्रीकै दाबी गर्छु, त्यो दिनु पर्छ’ गुरुङले भने।

राजीव गुरुङसहित सोही दिन जसपाका हरिशरण आचार्यले पनि बिना विभागीय मन्त्रालयको जिम्मेबारी पाएका थिए। उनी पनि यसपटक बिना विभागीयमै सिमित रहेका छन्।

जसपाका आचार्यले भने अर्थको दाबी गरेका छन्।

महत्वपूर्ण मन्त्रालय मध्ये भौतिक र अर्थ कांग्रेसले आफ्नै पार्टीमा राख्नुपर्ने दबाद पोखरेललाई दिएका कारण मन्त्रालय टुंगो लगाउन नसकेको हुन सक्ने बुझिएको छ।

आज थप गरिएका मन्त्रीसहित गण्डकीमा कुुल मन्त्रीको संख्या अब मुख्यमन्त्रीसहित पाँच पुगेको छ। जसमध्ये दुई बिना विभागीय छन्।

अब मुख्यमन्त्री पोखरेललाई अर्थ, भौतिक पूर्वाधारसहित नौ मन्त्रालयको जिम्मेबारी टुंगो लगाउनु पर्ने चुनौती छ।

Logo