मंगलबारबाट २५ सिट क्षमताका सार्वजनिक सवारी मात्रै सञ्चालनमा आउने

मंगलबारबाट २५ सिट क्षमताका सार्वजनिक सवारी मात्रै सञ्चालनमा आउने

केन्द्रबिन्दु
0
Shares

नेपाल कोरोना संक्रमणको दोस्रो लहर तीब्ररुपमा फैलिएसँगै गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी थियो। उक्त निषेधाज्ञा एक साता थप गरिएको छ। तर निषेधाज्ञा थप खुकुलो बनाइएको छ। 

मंगलबारदेखि २५ सिट क्षमताका सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। तर माइक्रो र टेम्पुजस्ता साना क्षमताका सार्वजनिक सवारी साधन तत्काल सञ्चालन हुन नपाउने भएका छन्।

साना सार्वजनिक सवारी साधनमा भौतिक दूरी कायम गर्न मुस्किल हुने र संक्रमणको जोखिम बढ्ने भन्दै तीन जिल्लाका सिडिओहरुको बैठकले उक्त निर्णय गरेका हुन्।

एक साताको भाइरस संक्रमणको परिस्थिती हेरेर टेम्पु र माइक्रो सञ्चालनबारे निर्णय गर्ने जनाइएको छ।

Logo