जारी १६ औं संस्करणको युरोकप फुटबलमा क्रोएसियालाई हराउँदै तीन पटकको च्याम्पियन स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ।
कोपनहेगनमा सोमबार राति भएको प्रिक्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो।
निकै रोमान्चक बनेको खेलमा स्पेनलाई जीत दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक/ एक गोल गरे। क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो।
जीतसँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ। क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ।
अब स्पेनले अन्तिम आठमा फ्रान्स र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ। स्पेनले समूह ई बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणमा स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो।
यता क्रोएसियाले भने समूह डी बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो।





























प्रतिक्रिया