प्रतिनिधिसभा विघटन मुद्दाः नायब महान्यायाधिवक्ता पाण्डेको बहस सुरु

प्रतिनिधिसभा विघटन मुद्दाः नायब महान्यायाधिवक्ता पाण्डेको बहस सुरु

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतमा प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारी पक्षकै बहस सुरु भएको छ। आज नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले बहस सुरु गरेका छन्।

नायव महान्यायाधिवक्ता पाण्डेले दुई घण्टा बहस गर्नेछन्। उनले राष्ट्रपतिले दुवैको दावी अस्वीकार गर्न मिल्ने नमिल्ने सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाको विश्लेषण गर्नेछन्। साथै, नेपालको संविधानको धारा ७६ को सरकार गठनमा ह्विप लाग्ने नलाग्ने र फ्लोर क्रससम्बन्धी अन्य देशको व्यवस्थाको बारेमा व्याख्या गर्नेछन्।

सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहसको गरे। उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए।

महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दैछन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भरहेको छ।  

Skip This
Skip This
Logo