डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारी पक्षको अनुरोध

डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारी पक्षको अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारी वार्ता टोलीले २७ औँ दिनदेखि अनसनरत प्रा. डा. गोविन्द केसीलाई अनसन अन्त्य अनुरोध गरेको छ । शनिबार सरकारी वार्ता टोलीका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्ति जारी गर्दै डा. केसीलाई अनसन अन्त्य अनुरोध गरेका हुन् । डा. केसीका मागप्रति सरकार संवेदनशील भएकाले अनसन अन्त्य गर्नुपर्ने उनको भनाइ छ । डा. केसी र सरकारी पक्षबीच असोज २२ र २३ गते छलफल भएको थियो ।

मन्त्रालयका सचिवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड–१९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त भएको अवस्थामा परिस्थितिलाई मनन एवम् आत्मसाथ गर्दै अनसन अन्त्य गरिदिनुहुन प्रा. डा. गोविन्द केसीलाई वार्ता समिति विनम्रतापूर्ण हार्दिक अनुरोध गर्दछ ।’

पूरा विज्ञप्तिः

Skip This
Skip This
Logo