भारतमा साढे ४५ हजार संक्रमित थप

भारतमा साढे ४५ हजार संक्रमित थप

केन्द्रबिन्दु
0
Shares

भारतमा पछिल्लो २४ घन्टामा थप ४५ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ८१६ जना संक्रमितले ज्यान गुमाएका छन् । 

पछिल्लो समय भारतमा संक्रमणदर र मृत्युदर दुबै घट्दै गइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर हिजोकाे तुलनामा करिब ८ हजार बढी संक्रमित हाे । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएकाे थियो ।

अहिले भारतमा पाँच लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । हालसम्म २ करोड ९४ लाखभन्दा धेरै संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म भारतमा ३ लाख ९८ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३ लाख १६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । 

 

Logo