काठमाडौं महानगरपालिकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ।
महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिबस्न पाउने छैनन्। साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङसमेत गर्न पाउने छैनन् । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो। अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदूरहरुले महानगरको निर्णयको विरोध गर्दै आएका छन् ।
महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदूरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा सँगै बसेर छलफलमा आरएनएसी आसपास, न्युरोड गेट अगाडि र वीरअस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको महानगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए।
उनले यातायात व्यवसायी तथा मजदूरका प्रतिनिधिसँगको लामो छलफलपछि खुल्लामञ्चमा भएको बसपार्कलाई सिल्ड गरेको उल्लेख गर्दै मंगलबारको छलफलमा आरएनएसीको आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको बताए।





























प्रतिक्रिया