युरोकपः राउण्ड अफ १६ सकियो, अन्तिम आठका खेलहरु शुक्रबारबाट

युरोकपः राउण्ड अफ १६ सकियो, अन्तिम आठका खेलहरु शुक्रबारबाट

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलको राउण्ड अफ १६ का खेलहरु सकिएका छन्। युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपको राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै राउण्ड अफ १६ का खेलहरु सकिएका हुन्। 

यससँगै अन्तिम आठमा पुग्ने टोलीको समेत टुंगो लागेको छ। राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो। यस्तै इङ्ल्यान्डले जर्मनीलाई २–० गोल अन्तरले हराएर अन्तिम आठमा प्रवेश गरेको छ। 

त्यस्तै बेल्जियमले पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनलमा स्थान बनायो । यसबाहेक यसपटक इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, युक्रेन र चेक रिपब्लिकले अन्तिम आठमा स्थान बनाएका छन्।

यससँगै युरोकप जित्न सक्ने दाबेदार मानिएका साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठूला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन्।

अब अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछन् । जसमा स्विट्जरल्यान्डविरुद्ध स्पेनको खेल शुक्रबार राति ९ः४५ बजे हुनेछ।  

यस्तै बेल्जियमविरुद्ध इटाली पनि शुक्रबार राति १२ः४५ बजे भिड्नेछन्। त्यस्तै चेक रिपब्लिकविरुद्ध डेनमार्क शनिबार राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् भने क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनविरुद्ध इङ्ल्यान्ड शनिबार राति १२ः४५ बजे भिड्नेछन्। 

Skip This
Skip This
Logo