पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तिय संस्थाका कर्मचारीबीच विवाद बढेको छ। कोषमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी जान नसक्ने भएपछि विवाद बढ्दै गएको हो ।
तर असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा बैंकर्स संघलाई कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी बुधबारदेखि आन्दोलित बनेका छन्।
बुधबार बिहान कार्यालय खुल्ने समयमा दर्जन बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले विरोधको कार्यक्रम सुरु गरेका हुन्। आज आन्दोलन माछापुच्छ्रे बैंकबाट सुरु भएको छ। माछपुच्छ्रेसँगै नेपाल बंगलादेश (एनबी) बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा सुरु भइसकेको छ।
बाँकी संस्थाले पनि भोलिबाट आन्दोलन सुरु गर्ने सम्बन्धित बैंकका वित्तीय संस्थाका युनियनहरुले जानकारी दिएका छन। उनीहरुका अनुसार, कोषमा आवद्ध हुँदा बैंक तथा वित्तिय संस्थामा आफूले अहिलेसम्म कमाएको पैसा बुझाउनु पर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने भन्दै आवद्ध हुन नसक्ने बताउँदै आएका छन्।
यस्ता नियमलाई स्वेच्छिक बनाउन उनीहरुले माग गरेका छन्। पहिलो चरणमा उनीहरुले आफ्नो बैंकको व्यवस्थापनलाई विरोधपत्र बुझाउन थालेका छन्। उनीहरुका अनुसार दुई, चार दिनमा समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउँदै अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको छ।





























प्रतिक्रिया