ब्युँतियो एमालेको नवौं महाधिवेशनले चयन गरेको कमिटी, को–को कुन पदमा?

ब्युँतियो एमालेको नवौं महाधिवेशनले चयन गरेको कमिटी, को–को कुन पदमा?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले दसौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकतालाई बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमालेको २०७७ साल चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो।

सर्वोच्च अदालतले २०७८ साल जेठ २७ गते फैसला गर्दै उक्त महाधिवेशन कमिटीलाई वैधता नदिएकाले एमालेले बुधबार २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको नेकपा एमालेको केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको हो।

ब्युँतिएको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ। अब मात्रै नेकपा एमालेको वैधानिक बैठक बस्ने भएको छ।

यसअघि पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी बैठक बोलाउने र निर्णय गर्ने गरेका थिए। त्यस्तै, वरिष्ठ नेता नेपालले पनि ओलीको कदमको प्रतिकार र विरोध गर्दै समानान्तर कमिटी गरेका थिए।

पार्टीलाई जेठ ३ अघिको संरचनामा लैजाने निर्णयसँगै अब मात्रै नेकपा एमाले वैधानिक एमाले पार्टी भएको छ।

दसौं महाधिवेशन आयोजक कमिटीले  केही महत्वपूर्ण निर्णयसमेत गरेको छ। थप निर्णयमा नेकपाबाट अलग भएपछि एमालेमा समाहित भएका पूर्वमाओवादी केन्द्रका चार नेताहरुलाई स्याथी कमिटीमा लैजाने निर्णयसमेत गरेको छ। तर, उनीहरु केन्द्रीय कमिटी सदस्य भने रहने बताइएको छ।

एमाले पार्टी २०७५ जेठ ३ अघिको संरचनामा फर्किएसँगै पार्टीको नवौंं महाधिवेशनले चयन गरेको सम्पूर्ण नेतृत्व ब्युँतिएको छ। पार्टीको केन्द्रीय तहदेखि स्थानीय तहसम्मका सबै संरचना ब्युँतिएका हुन्। यस्तो छ पार्टीको नवौं महाधिवेशनले चयन गरेको नेतृत्व:

अध्यक्ष
केपी शर्मा ओली
वरिष्ठ नेताहरू
झलनाथ खनाल, माधव नेपाल
उपाध्यक्षहरू
वामदेव गौतम, युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, भीम रावल
महासचिव
ईश्वर पोखरेल
उपमहासचिव
विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल
सचिवहरू
प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई
स्थायी समिति
मुकुन्द न्यौपान, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गरुङ, सुभाषचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल
केन्द्रीय अनुशासन आयोग (अध्यक्ष)
अमृत बोहरा
केन्द्रीय लेखा परीक्षण आयोग (अध्यक्ष)
डा. पुष्प कँडेल
केन्द्रीय निर्वाचन आयोग (अध्यक्ष)
सोमनाथ प्यासी
केन्द्रीय सल्लाहकार परिषद (अध्यक्ष)
केशव वडाल

पोलिटब्युरो सदस्यहरू
अग्नि खरेल, अरुण नेपाल, काशीनाथ अधिकारी, गणेश तिमिल्सिना, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशुराममेघी गुरुङ, पशुपति चौलागाई, विन्दा पाण्डे, वेदुराम भुसाल, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रीत पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल, विष्णु रिमाल, श्रीमाया थकाली

वैकल्पिक पोलिटब्युरो
कर्ण थापा, गोकुल घर्तीमगर, गोरख बोगटी, गौरा प्रसाई कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादूर गुरुङ, दलबहादुर राना, डा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुघन महतो, शेरधन राई, सानुकुमार श्रेष्ठ 

केन्द्रीय सदस्यहरू
ईश्वरी रिजाल, एकराज विश्वकर्मा, कमलादेवी महतो, कल्याणी खड्का, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, खगेन्द्र राई, खिमलाल भट्टराई, खेममान खड्का, गणेश सिंह ठगुन्ना, गरिमा शाह, गोमा देवकोटा, घनेन्द्र बस्नेत, चूडामणि जंगली, जगदीशप्रसाद कुसियत, जयन्ती राई, जया घिमिरे, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टंक कार्की, ठाकुर गैरे, डम्बरसिंह सम्बाहाम्फे, देवराज घिमिरे, नजिर मियाँ, पद्मा अर्याल, प्रेमेश हमाल, पार्वत गुरुङ, बलवीरप्रसाद चौधरी, बलदेब चौधरी, डा. विजय सुब्बा, वैजनाथ चौधरी, बोमबहादुर विक, भैरवसुन्दर श्रेष्ठ, ममता गिरी, महमद  अन्सारी, महिम लिम्बू, महेश्वर पाठक, मायानाथ अधिकारी, यज्ञराज सुनुवार, रवीन्द्र अधिकारी, डा.राजन भट्टराई, राजेन्द्रकुमार राई, राधाकृष्ण मैनाली, रामकुमार ज्ञवाली, रामकुमारी झाँक्री, लक्ष्मण पौडेल, लालबहादुर थापा, लीला गिरी, लीलानाथ श्रेष्ठ, विजय गुरुङ, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, डा.शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ, सावित्रा भुसाल, सिराज  फारुकी, सीता गिरी ओली, सीता पौडेल, सुजिता शाक्य, सुशीला नेपाल, सूर्य थापा, सुमन प्याकुरेल, सोमप्रसाद पाण्डे, श्रीप्रसाद साह, हरि पराजुली, हिक्मत कार्की, ज्ञानबहादुर भुजेल

वैकल्पिक केन्द्रीय सदस्यहरू
किशोर अधिकारी, खगेन्द्र चुडाल, खेमप्रसाद लोहनी, गणेश पहाडी, गुलावजंग शाह, गोविन्द ब. नेपाली, झपट रावल, तिलक महत, तिलबहादुर वि.क, तैयव हुसेन, दिनेशचन्द्र यादव, दिनेश राई, डा.देउमान सम्बाहाङ्फे, देवशंकर पौडेल, धर्मराज निरौला, निरा जैरु, निरुदेवी पाल, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, पुरणसिंह दयाल, प्रेमबहादूर आले, प्रेमल खनाल, वीना श्रेष्ठ, भगवती चौधरी, भास्कर काफ्ले, भुपेन्द्र थापा, भैरवबहादुर सिंह, मना केसी, माधव अर्याल, माधव ढुंगेल, मानबहादुर जिसी, मेटमणि चौधरी,

मोहन बानियाँ, रचना खड्का, रवीन कोईराला, राजन राई, राजबहादूर बुढा, रामरति देवी राम,रामशरण बस्नेत, रुपनारायण श्रेष्ठ, लक्ष्मी पोखरेल, विक्रम शाही, विशाल भट्टराई, शेरवहादुर केसी, सीता सुन्दास, सुरेन्द्र मानन्धर, सोम मिश्र, हरिवबहादूर राई, हंशराज शाह

२०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरु
रघुवीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र साह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, रवीन्द्र बैठा, लालबावु यादव, यदुवशं झा, हरिनारायण महतो

०७३ फागुन २० गते मनोनित वैकल्पिक  केन्द्रीय सदस्यहरु
नारादमुनी राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सुधीर साह, सरोज यादव, सरला यादव, महम्मद हारुन ।

Logo