केपी ओली प्रवृत्ति नै मुलुकका लागि सबैभन्दा ठूलो घातक

केपी ओली प्रवृत्ति नै मुलुकका लागि सबैभन्दा ठूलो घातक

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबैभन्दा ठूलो घातक रहेको भन्दै त्यसविरुद्ध एकजुट हुन आव्हान गरेको छ ।

नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी  दलका शीर्षनेताहरूले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एकठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र,राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताए । विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्टको रक्षाका लागि ५ दलिय गठबन्धन बनेको स्पष्ट पारे । उनले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गरे । 

उहाँले भन्नुभयो “ लोकतन्त्र,राष्ट्र,संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौ । ओलीका विरुद्ध जाने हदसम्म तपाईहरूसंग हो हामी तर तपाईहरू भित्र पनि हामीले ओली देखेका छौ हामीले । त्यसैले धेरै आसा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँ सम्म हामी संगै छौ भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसंग आत्मसाथ गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु । ”

राजनीतिक दलका नेताहरू समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल विर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उनले सबै नेताहरू उस्तै नभएको दाबी गरे ।  उनले शान्ति प्रक्रिया देखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समय सम्म आफूले गरेको योगदान तथा सम्झौताहरूको फेयरिस्त राख्दै उनले ती काममा लचिलो हुनु गल्ति थियो भनी प्रश्न गरे । 

कम्युनिष्ट पार्टी एकिकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको टिप्पणी गरे । उनले विश्वभरका कम्युनिष्ट पार्टीहरूमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिईरहेको दाबी गरे । कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भएपनि न्यायलय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफूले लिएको बताए । उहाँले भन्नुभयो 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतराउन्मुख भएको बताए । मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उनले देश जोगाउने अभिभारा सबैको भएकाले सोही अनुसार योगदान गर्न आव्हान गरे । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दे उनले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताए । 

राजनीतिक परिर्वतन ल्याए पनि सोही अनुरुपको संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी उनले गरे । ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफूहरूको मुल एजेण्डा भएको भन्दै उनले आफूले त्यससवालमा मुल्यको राजनीति नत्याग्ने प्रतिवद्धता पनि जनाए । 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताए । विगतदेखि वर्तमान सम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिर्वतनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरू चुकेको उनको तर्क थियो । प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रुपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने भएकाले परिर्वतनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने बताए । 

Logo