निरन्तरको वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

निरन्तरको वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ। 

पहिरो राति २ः१० बजे खसेको हो। यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ।

Skip This
Skip This
Logo