संसद् विघटनको मुद्दामा आज पनि सरकारी पक्षका कानून व्यवसायीले बहस गर्ने

संसद् विघटनको मुद्दामा आज पनि सरकारी पक्षका कानून व्यवसायीले बहस गर्ने

केन्द्रबिन्दु
0
Shares

संसद् विघटनको मुद्दामा आज पनि राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानून व्यवसायीहरु बहस गर्दैछन्। आजको बहस पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सुरु गर्दैछन्। उनले एक घण्टा बहस गर्नेछन्। 

खरेलपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, पर्शुराम कोइराला, सुवाश आचार्य, महेश नेपाल, विश्वमणि अधिकारी, टंक दुलाल, ईश्वरी भट्टराई, भोजराज आचार्य, रवीनारायण खनाल लगायतले बहस गर्नेछन्।

यसअघि बुधबार वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए।

सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुका लागि एक घण्टा समय छुट्याइएको छ।

त्यसपछि पुनः रिट निवेदक पक्षका कानून व्यवसायीले ३ घण्टा जवाफी बहस गर्ने र जवाफी बहस सकिएपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ।

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट दर्ता भएका छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाई भइरहेको हो। यस अघि देउवाको पक्षमा ३६ जनाले बहस गरिसकेका छन् । 

Logo