कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, छलफल महाधिवेशनमा केन्द्रीत हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, छलफल महाधिवेशनमा केन्द्रीत हुने

केन्द्रबिन्दु
0
Shares

कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। 

आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्यताबारे छलफल गर्न देउवाले दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बेलाएका हुन्।

आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक सहभागी हुनेछन्। बैठक पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ। 

कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।

Logo