माधव नेपाल निकट स्थायी कमिटी बैठक जारी

माधव नेपाल निकट स्थायी कमिटी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। अहिले नयाँ बानेश्वर स्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक जारी छ।

अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी कायम गरेपछि यो समूहको भोलि १८ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने नहुने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बसिरहेको हो। 

माधव पक्षको आरोप अध्यक्ष ओलीले जेठ २ अघिको संरचनामा नभएर फागुन २८ को अवस्थामा फर्काएको रहेको छ।

पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि सामेल नभएका उनीहरुले आज महत्वपूर्ण निर्णय लिने बुझिएको छ।

यता अध्यक्ष ओलीले एमालेको केन्द्रीय कमिटी कायम भएकाले भोलिको बैठकमा नेता नेपालसहित सबैलाई बोलाउने तयारी गरेका छन्।

Skip This
Skip This
Logo