एमाले विवादः अझै रुष्ट माधव पक्ष, शुक्रबारको बैठकमा सहभागी नहुने (भिडियोसहित)

एमाले विवादः अझै रुष्ट माधव पक्ष, शुक्रबारको बैठकमा सहभागी नहुने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ। पहिलो बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ। एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ। यद्यपि, एमाले नेता माधवकुमार नेपाल समूहले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक अवैध भएको निष्कर्ष निकाल्दै बैठकमा नजाने निष्कर्ष निकालेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतमा अघिल्लो बुधाबारबाट नै अन्तिम सुनुवाइ प्रक्रिया जारी छ। जसमा सोमबारदेखि रिट निवेदनको विपक्षमा बहस जारी छ। जसमा हिजो, बुधबारदेखि प्रधानमन्त्री ओलीका निजी वकिलले बहस गरेका छन्। बहसका क्रममा वरिष्ठ वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गरेका छन्। आज बहस गर्ने अधिवक्ताहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनसम्बन्धी कदमको रक्षा पनि गरेका छन्। 

बिहीबारदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजको बैठकमा संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ लगायतका १६ अध्यादेश पेश गरिएको हो। यस्तै आजको बैठकमा यसअघि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र तथा, राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा सरकार गठन सम्बन्धी प्राप्त पत्रको बेहोरा पढेर सुनाएका थिए। 

कोरोनाको दोस्रो लहरसँगै वैशाख २० गतेदेखि बन्द आन्तरिक उडान बिहीबार देखि आन्तरिक उडान सुचारु भएको छ । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन  र काठमाण्डौ बाहिर जान सहज भएको छ । यद्यपि यसले विमानस्थालमा भीड बढ्नका साथै संक्रमणको जोखिम बढेको छ। अब, संक्रमणबाट जोगिनका लागि विमानस्थलमा जनस्वास्थ्यको कडा मापदण्ड परिपालनाको आवश्यकता देखिएको छ। 

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक सातालाई प्रभावित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक सातापछि सरेको जनाएको हो । यस अघि असार १७ अर्थात् बिहीबारबाट प्रशिक्षण सुरु गर्ने भन्दै दक्षिण एसियाली फुटबल प्रतियोगिता साफका लागि एन्फाले ५० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाए पनि यो प्रभावित बनेको हो।

Skip This
Skip This
Logo