नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेश समितिले वाग्मती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र पठाएको छ।
प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमति जनाउँदै महासङ्घले सबै प्रदेश सभासदस्यहरूलाई ध्यानाकर्षण पत्र पठाएका हुन्।
पत्रकार महासङ्घ वाग्मती प्रदेश समितिका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले बिहीबार केही प्रदेशसभा सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलको कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो।
महासङ्घले सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको हो।
एक सय १० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएकाले १०९ जना मात्रै रहेका छन्।





























प्रतिक्रिया