प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन्।
शुक्रबार नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरु भइरहेको बताएका हुन् । उनले देशलाई अनुशासनहिन, उश्रृङ्खल र सामाजिक सभ्यताहरुको उल्लंघन गरेर स्तरहिन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताए ।
उनले नेकपा(एमाले)लाई जनताकोबीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि आरोप लगाए। उनले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताए।
उनले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरु पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गाली गलौज, अपमान र झुठा लाञ्छनाहरु लगाएर समाजलाई असभ्य बनाउन खोजिएको बताए।





























प्रतिक्रिया